आकाश मगर,उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका -१० स्थित मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । हिजो बेलुका साढे ९ बजे प्र.१-०२-०४४ प ८८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा- ६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।
त्यसतै घाईते भएका चालक त्रियुगा- ६ का २२ बर्षीय पंकज चौधरी र २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
