नेपालगन्ज । भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ नेपालीको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका भएको दुर्घटनामा ६ नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना परी मृत्यु हुनेमा मा नेपालगन्जका व्यापारी दुई परिवार रहेका छन। त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ।
गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले बताए। कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो।
