धनकुटा ।धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका-१ हिले स्थित प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बिक र पाख्रीबास-३ का २५ बर्षीय सरोज तामाङ रहेका छन् । पक्राउ परेका उनीहरुकाे विषयमा थप अनुसन्धान भइ रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।
यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-६ स्थितमा होटल संचालन गरी बस्दै आएका ४० बर्षीय सुनिल चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
