सुनसरी ।सुनसरीकाे रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शौचालय जाने क्रममा मुसाले काटेको तारमा टेक्दा उनलाई करेन्ट लागेकाे हाे ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
