पुनम लामिछाने ,मन्जु नेपालि चितवन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका थिए।
उहांले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गनुभयाे ।उक्त बसकाे नाम ” ब्लु बस ” राखिएको छ। बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्ने जनाएका छन् । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरेकाे लामिछानेको सचिवालयले बतायाे ।बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था रहने लामिछानेले जानकारिदिनुभयाे ।
उहांले बसमा गुनासो सुन्नेगरी ” रविलाई पत्र” नामको बक्स समेत राखिने बताउनुभयाे । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएकाे लामिछानेको भनाई रहेकाे छ । उनहांले यस बस सेवा प्रभावकारी बने अरु सेवाका लागि थप बस समेत संचालन गरिने बताउनु भएकाे हाे ।
