डिकेन्द्र बस्नेत,झापा। छाला रोगका विरामीहरुले झापा वाहिर गएर सेवा लिनु पर्ने अवस्थालाई मध्यनजर गरेर दमकका युवा ब्यवसायीहरु मिलेर डेजी स्कीन केयर प्रालिको सेवा बुधबारदेखि शुरु गरेका छन् ।
दमकका ११ जना विभिन्न पेशामा आवद्ध युवा ब्यवसायीहरु मिलेर आधुनिक प्रविधिको डेजी स्कीन केयरको सेवा शुभारम्भ गरेका हुन।
दमक नगर पालिकाका नगर प्रमुख राम थापाले आज एक कार्यक्रमका बीच दमक ६ स्थित शंख्धर शाख्वा चोकमा सेवा शुरु गरेको डेजी केयरको उद्घाटन गर्नु भएको हो ।
नगर प्रमुख थापाले उद्घाटन पछि बोल्दै सेवाग्राहीहलाई सरल प्रभावकारी सेवा दिनु पर्ने बताउनु भयो। डेजी प्रालिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर उप्रमुख रेगिना भटराई प्रसाईले विरामीलाई चिकित्सक, स्वास्थ्यकर्मीहरुको ब्यवहारिक नम्रता सहितको गुणस्तरीय सेवा दिनु पर्ने बताउनु भयो ।
दमक उधोग वाणिज्य संघका निमित्त अध्यक्ष राजु खड्का, लायन्स क्लवका नेता बबरजंग थापा, विर्ता लेडी जेसीजका अध्यक्ष सरिता गिरी लगायत स्वास्थ्य सेवा, साथै स्थानिय युवाहरुलाई थोरै भए पनि रोजगारी दिने वातावरण बनेकोमा खुशी ब्यक्त गर्नु भएको थियो ।
प्रालिका सञ्चालक सदस्य तथा निर्देशक डा.अनिल तिम्सिनाले डेजीको छाला रोगको समस्या, अनुहार, छालाको सौन्दर्य सेवाको विषयमा जानकारी दिनु भएको थियो ।
