डिकेन्द्र बस्नेत, झापा । दमक ईसाई समाजको आयोजनामा ४३ औं ‘ वृहत खुल्ला रक्तदान ’ कार्यक्रम बुधबार सम्पन्न भएको छ।
‘ रक्तदान जीवनदान ’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम दमक स्थित गणतन्त्र चौकमा भएको हो। जसमध्ये ३३ जना महिला र पुरुष ७० गरि १०३ पिन्ट रगत संकलन भएको ईसाई समाज दमकका सचिव पास्टर अजय पाठकले जानकारी दिएका छन ।
समाजको तर्फबाट उपाध्यक्ष पास्टर हेमन्त सुब्बा, सचिव पास्टर अजय पाठक, सहसचिव सुरज लिम्बू लगाएत अन्य पदाधिकारीहरूले रगत दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा दमक नगरपालिकाका मेयर राम थापा, विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय दमकका प्रमुख डि.एस्.पी. मनोज कुमार लामा, इन्सपेक्टर जीवन कुमार गौतम, जीवन चक्र समाजका अध्यक्ष जि.पी. गौतम त्यसतै अतिथिमा दमक रक्तसञ्चार प्रवर्तक सिद्धार्थ दाहाल र प्राविधिक सहयोगी, सञ्चारकर्मी , स्वयंसेवक, प्रार्थना तथा आर्थिक सहयोगीहातहरु सबैलाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङले धन्यवाद ज्ञापन व्यक्त गरेका छन ।
