काठमाडौं । श्रावण २२ गते धोकापुर्ण लालमोहर सन्धि मार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभियो । यो सन्धि धोकापुर्ण भएको ठहर गर्दै तत्काल ३२००० लिम्बुहरुले लिम्बुवान राज्य खोसिएको उक्त दिनको विरोधमा विद्रोह गर्दै रुदै लिम्बुवान छाडेर अन्य देश पलायन भए।त्यसैको बिरोध स्वरुप यो बन्द प्रत्येक श्रावण २२ गते गरिने समेत बिज्ञाप्तीमा उल्लेख छ।
विज्ञाप्तीकाे पूर्ण पाठ यस्ताे छ :
आदरणीय जनसमुदाय,
अपिल
वि.सं. १८१४ साल श्रावण १८ गते लिम्बुवान र गोर्खा बिच भएको ताम्रपत्र सन्धिलाई लत्याउँदै वि.स. १८३१ साल श्रावण २२ गते धोकापुर्ण लालमोहर सन्धि मार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभियो । यो सन्धि धोकापुर्ण भएको ठहर गर्दै तत्काल ३२००० लिम्बुहरुले लिम्बुवान राज्य खोसिएको उक्त दिनको विरोधमा विद्रोह गर्दै रुदै लिम्बुवान छाडेर अन्य देश पलायन भए । साँच्चै नै यो सन्धि धोकापुर्ण थियो । यो सन्धिले लिम्बुवानलाई सधैं सधैंका लागि अन्धकार युगमा धकेल्यो । यहाँको भाषा, लिपी, संस्कार, इतिहास, धर्म र सभ्यता माथि भयङ्कर डरलाग्दो गरी अतिक्रमण शुरु गरियो । लगातारको लामो क्रान्ति पछि २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनपछि बनेको ६०१ सदस्यीय संविधान सभाले पनि लिम्बुवान राज्य घोषणा नगर्ने भएपछि २०६६ सालको श्रावण २२ गते लिम्बुवान गुमेको दिनको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा लगातार लिम्वान बन्द हुँदै आएको छ । ऐतिहासिक पृष्ठभूमिका आधारमा अरुण पूर्व लिम्बुवान राज्य घोषणा नभएसम्म हरेक वर्षको श्रावण २२ गते गरिने लिम्बुवान बन्द निरन्तर जारी रहनेछ । लिम्बुवान राज्य घोषणा गराउन दवाव दिन, नेपाल सरकार र संघिय लिम्बुवान राज्य परिषद बिच भएको पाँच बुदे सम्झौता कार्यान्वयन गर्न र प्रदेश नं. १ को नाम कोशी खारेज गराउनका लागि २०८० श्रावण २२ गते आव्हान गरिएको एक दिने शान्तिपुर्ण लिम्बुवान बन्द कार्यक्रम सफल बनाउन सम्पुर्ण लिम्बुवानबासी जनसमुदायमा हार्दिक आव्हान गर्न चाहान्छौं । बन्दको दिन एम्बुलेन्स, कुटनीतिक नियोगको गाडी, प्रेसको गाडी, मलामी बोकेको गाडी, परिक्षार्थी बोकेको गाडी बाहेक अन्य सम्पुर्ण बजार, यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग बन्द रहने जानकारी गराउन चाहन्छौं । यदि कसैले बन्दको उल्लङ्घन गरेमा हुन सक्ने सम्भावित क्षतिको जिम्मेवारी उल्लङ्घनकर्ता स्वयम्ले नै लिनुपर्ने पनि यसै अपिल मार्फत स्पष्ट पार्न चाहन्छौं ।
आव्हानकर्ता
राष्ट्रिय जनमुक्ति पार्टी
संघिय लिम्बुवान पार्टी नेपाल
संघिय खम्बुवान लोकतान्त्रिक पार्टी
लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.)
किराँत खम्बुवान राज्य परिषद
किराँत लिम्बुवान राज्य परिषद
लिम्बुवान राष्ट्रिय मोर्चा

