डिकेन्द्र बस्नेत,झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाको सम्बन्धमा साउन १३ गते शनिबारका दिन देखि विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको समाचार प्रति दमक नगर पालिकाले गम्भीर ध्यानकर्षण गर्दे प्रेस विज्ञप्ति निकालेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ सामाजिक पद धारणा गरेका व्यक्ति निरौलाले कार्यलय हाताभित्र मदिरा सेवन गरि अनैतिक गतिविधि भएको भिडियोले सार्वजनिक भएको खबरले हामी अत्यन्तै दुखी छौ। घटना सार्वजनिक भए पश्चात् दमक नगर पालिकाले विज्ञप्ति मार्फत यहाँहरु माझ गरिमाथी आँच आउने कार्य गरे वा गर्न लगाएको प्रमाणित भएमा कडा कार्वाही गर्ने उल्लेख गरिएको छ ।
त्यसै घटना सम्बन्धित साउन १६ गते आकस्मिक बसेको कार्यलय बैठकद्वारा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त समितिले १५ दिन भित्र सत्य तथ्य छानबिन गरि प्रतिवेदन पेस गर्न भनिएको छ।
उक्त समितिले घटनाको सत्य तथ्य छानबिन गरि दोसी उपर कार्वाही प्रक्रिया अघि बढाउन कार्यपालिका बैठकमा पेस गरिने दमक नगर वासी, दाजुभाइ, दिदिबहिनीहरुमा दमक नगरले प्रतिबद्धता गरेको छ।

