काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले संस्थाकाे लेटर हेड,लाेगाे,आधिकारिक छाप तथा विभिन्न समयमा संस्थाकाे मिटिङ र निर्णयहरु दस्ताबेज गरिएकाे माइनुट बुक चाेरि गर्ने केही ब्यक्तिहरुमाथि कार्वाहिका लागि कानुनि बाटाे अपनाएको छ।
राष्ट्रिय ख्रीष्टिन महासंघकाे विधान अनुसार संस्थाकाे महत्वपुर्ण कागजात सहित सम्पुर्ण सामानहरु संस्थाकाे कार्यालयमा रहनु पर्ने प्रष्ट भए पनि कुनै कारणबस बाहिर लानु परेमा अध्यक्षकाे अनुमतिमा महासचिबकाे जिम्मामा स्थान परिवर्तन गर्न सकिने जनाइएकाे छ।
तर, ज्ञानेन्द्र सापकाेटा,उद्धव चिमाेरिया,करण सिलवाल,डाेमा राई,टुक नारायण श्रेष्ठ सहितकाे केही ब्यक्तिहरुले याे महासंघकाे नियम उलंघन गर्दै साे माइनाेटिङ अध्यक्षकाे अनुमति बिनै आफुसित लगेकाे बुझिएकाे थियाे।
यस्तै, संस्थाकाे आधिकारिक website हरु समेत ह्याक गरेरका थिए तर, ती website हरु भने महासंघले फिर्ता गर्न सफल भएको जनाएको छ।
महासंघकाे विधान अनुसार पदाधिकारिहरुले आफुलाई चित्त नबुझे वा कुनै पदाधिकारीकाे नियत बेठिक लागेमा कार्यालयमा छलफलबाट समाधान गरिने प्रावधान भए पनि केही ब्यक्तिहरुले गुठ उपगुठकाे सैलिलाई अवलम्बन गर्दै कार्यालयबाट अवैधानिक रुपले चाेरिगरि लगिएकाे संस्थाकाे छाप प्रयाेग गरेर संस्थाकाे लेटरहेडनै किर्ते गर्दै ब्यक्ति सँगकाे आपसि लेनदेनकाे बिषय जाेडेर अध्यक्षलाई बर्खास्त गरेकाे विज्ञप्ति सम्म सार्वजानिक गरेका थिए।
ती ब्यक्तिहरुलाई अध्यक्षले पटक पटक साे हर्कद नगर्न र गरिएका गल्तिहरु पनि सुधार्न सुझाव दिय पनि त्यसलाई उनिहरुले बेवास्ता गरेर संस्थाकाे बिरुद्धमा सामाजिक सञ्जाल तथा युटुब च्यानलहरुमा तथ्यहिन र बकवास अभिव्यक्ति दिँदै विश्वभर रहेकाे नेपाली भाषी ख्रीष्टियनहरुकाे साझा संस्थाकै गरिमामाथि आँच आउने कार्य गरेकाे हुनाले सम्वन्धि ब्यक्तिहरु उपर कानुनि उपराचरका लागि जिल्ला प्रहरी परिसर काठमाडौमा उजुरि दिइएकाे अध्यक्ष गहतराजले बताए।
साे संविधि महासंघले जारिगरेकाे विज्ञप्तिकाे पुर्ण पाठ:

मिति : २०८० साउन १५
प्रेस विज्ञप्ती
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको साधारण सदस्य समेत नरहेको अनाधिकृत ब्यक्तिहरु उद्धब चिमोरिया, ज्ञानेन्द्र राज सापकोटा, करण सिलवाल, टुक नारायण श्रेष्ठ, डोमा राई लगायतका ब्यक्तिहरुले गैरकानुनी रुपमा कानुन विपरीत कार्यहरु गर्दै अध्यक्ष सी.बी. गहतराज नेतृत्वको चरित्र हत्या गर्ने र अनावश्यक आरोप लगाउदै सामाजिक संजालमा महासंघको नामलाई जोडेर अवैधानिक कार्यहरु गरेको पाइएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा आबश्यक कारबाहीको लागि मिति २०८० असार २८ गतेका दिन नै लेटर हेड, ब्यानर, संस्थाको लोगो, छाप किर्ते र संस्थाको लिखित दस्तावेज माइनुट चोरीका विषय जिल्ला प्रशासन कार्यालय काठमाण्डौंद्धारा जारी पत्र संख्या २०७९/०८० चलानी नंम्बर ३२४३ अनुसार आबश्यक कारबाहीको लागि काठमाण्डौं जिल्ला प्रहरी परिषद् टेकुलाई पठाइसकेको हुदाँ त्यस्तो भ्रमपुर्ण कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई सचेत गराउदै सम्पुर्ण ख्रीष्टियन समुदायलाई यस्ता कुनै पनि किसिमको भ्रममा नपर्न, नपार्न हार्दिक अनुरोध गर्दछौ ।
…………………
सी.बी. गहतराज
अध्यक्ष
