खाेटाङ। देसकाे धेरै भागहरुकाे खेतबारीमा मकैले ढपक्क ढाकेको छ भने,धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा दुम्सि र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।
हाे यस्तै समस्यबाट पिडित छन् खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका किसानहरु। दिनमा बाँर र रातमा दुम्सिबाट बालि जाेगाउन खेतबारीमै बास छ।
अन्नबाली जोगाउन अनेक उपाय अपनाएपनि जनावरले छक्याएर अन्नबालीमा क्षती पुर्याइदिँदा किसानहरु पिडामा छन्। पालैपालो बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान हैरान भएका छन्।
‘दिनभरी बाँदर लखेट्छौं, रातभरी दुम्सि धपाउँछौं, दिक्तेल रुपाकाेटमझुवागढी –१५ का कृषक जनक श्रेष्ठ भन्छन्,‘चौबिसै घन्टा पहरेदारी गर्दापनि कता बाट आउँछ अनि सोत्तर बनाएर जान्छ थाहा नै हुन्न।’ मकै जोगाउन बिहानै झिसमिसेबाट खेतबारीमा पुग्ने किसान बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन्। अन्नपात लगाउन र हुर्काउन जस्तै बाँदर र दुम्सिबाट जोगाउन सास्ती भएको किसान बताउँछन्।
जिल्लाको दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाको माला, बिजयखर्क, हलेशी तुवाचुङ नगरपालिकाको राजापानी, आहाले,पाङ्ग्रे ,बासबाेटे लगायत दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे १४- बुईपा लगायत प्रायजसो गाउँहरुमा जनावरले किसानका अन्नबालीमा क्षती पुर्याएको छ।
‘बाँदरको हुल बारीमा पस्यो भने छिनभरमा मकै सखाप पार्छ,‘दिनभरी जोगायो रातभर दुम्सिको डर छ। यो ठुलो समस्या देखिएको छ मानिसको नियन्त्रण भन्दा बाहिर जान थालेको छ। अन्नबाली संगै मानिसमाथी नै आक्रमणको सम्भावना छ। स्थानिय सरकारले छिटै उपायहरु खोज्नुपर्छ।’ दुक्तेल रुपाकाेट मझुवागढी – १५ का मिश्र खत्रीले भने।
हुलका हुल आउने बाँदरको बथानले मानिस र कुकुरलाई समेत टेर्न छोडेका छन्। एक्लोदुक्लो मान्छे देख्दा फरक नपर्ने बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र नभएर मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने गरेको छ। बाँदर दिँउसोमा आउने भएकाले गाउँका सबै मिलेर लखेटेपनि रातीमा आउने दुम्सि नियन्त्रण गर्न सकस छ।
नगरकाे प्राय जंगलकाे छेउकाे बस्तिहरु आजका खालि छ, एक त पानीकाे समस्याले खेति लगाउननसकिने र आकाशे पानी भरले लागेकाे खेतिमा पनि किसानकाे भन्दा जंगलि जनावरकै बर्चस्व बढि भएपछि किसानहरु बसाइँ सराई हिडेका कारण अलि भित्रि बस्तिकाे किसानहरुलाई अहिले याे समस्याले आपत पारेकाे छ।
साच्चिनै भन्नुपर्दा गाउँ यत्तिकाे दुखदायी छ कि काेहि मानिसकाे मृत्यु हुँदा समेत मलामि जानका लागि युवाहरुकाे खाँचाे पर्ने देखिन थालेकाे छ।
यसरी जंगलि जनावरबाट पिडित किसानहरुकाे बिषयमा नगरपालिका जिम्मेवार हुनु पर्नेमा नगरले भने खासै चासाे देखाएकाे पाइन्न,विभिन्न पालिकाहरुले बाँदर तर्साउने बन्दुक किसानलाई उपलब्ध गरायपनि याे नगरले भने मतलव नगरेकाे गुनासाे पाेख्छन् ।
