झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको छ । एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।
महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । ‘अहिले हेर्दा भिडियो बाहिर आएको देखिएको छ । छानबिन गर्छौं । प्रमाणित भए कारबाही गर्न नगरपालिका पछि पर्दैन, उनले भने ‘ भिडियोले दमक नगरपालिकाकै बदनाम भएको छ ।’
