काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरिएको छ ।
आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।
आवेदन फाराम https://eoers.epsnepal.gov.npमा गए अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ ।

