Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा खहरे खोलै हो निरन्तर बगिरहने,फोहोरको डगुंर सहितको दह होइन : सभापती लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 29, 2023
30 shares

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अन्य दल तथा तिनका नेताले खहरे खोलाको संज्ञा दिइरहेको प्रती निरन्तर बगिरहने खहरेखोला नै हो तर फोहोरको डगुंर सहितको गन्हाउने दह नभएको सभापती रवि लामिछानेको जिकिर रहेको छ ।

भक्तपुरको ब्यासी स्थीत भक्तपुर ब्याङ्क्येटमा आज भएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै सभापती लामिछानले उक्त कुरा बताएका हुन् ।

आफ्नो राजनीतिक दलको ठुलाठुला नीति शिद्धान्तको भारी बोकेर अर्कैको नीति,शिद्धान्त चुनाव चिन्हमा भोट मागेर निर्वाचन जित्नु भन्दा संविधानबाद,लोकतन्त्र रगणतन्त्रको रक्षा अनि सार्बभौम नेपाली जनताको आवाजलाई कतै नडगमगाई अबिचलित रुपमा अगाडी बढ्नुनै सबैभन्दा ठुलो नीति र शिद्धान्त रहेको कुरा लामिछानेले ब्यक्त गरेका हुन् ।

आँफु र आफ्नो दलमा लाग्ने जो सुकैले नोटको बिटामा नअल्झिने,कसैको धाक धम्की र दबाब अनि प्रभाबमा नपर्ने, कोही संग नझुक्न र नडराई अगी बढ्ने, कतै इमान गुमाएको दिन एक सेकेन्ड पनि पार्टीमा रहन नपाउने, तुरुन्त कार्बाही गर्ने र एक्लै पर्नुपर्ने भएकाले इमान र सुसंस्कारको राजनीति गर्नेगरी पार्टीकाममा लाग्नुपर्ने समेत बताए ।

पार्टीको जान्नेलाई छान्ने मूल नारा भएकोले कसैको झोले नहुन र स्वार्थकेन्द्रीत मनसाय बोकेर पार्टी काममा नलाग्न साथै अबसरबादीहरु यतीबेला सलबलाएकोले पार्टीपंक्ती सबैलाई सचेत हुन समेत निर्देशन दिएका थिए।

संसदको असल प्रतिपक्षको भुमिका निर्बाह गरिरहेको राम्रो कामको समर्थन र खराब कामको खबरदारी गर्दै आएकोमा सरकारले भ्रष्टचारको फायल खोल्दै जरासम्म नपुगी गिजोल्दै आएको प्रती शंका लाग्न थालेको समेत सभापती लामिछानेले प्रष्ट पारेका थिए।

साेहि कार्यक्रममा बोल्दै रास्वपा संसदिय दलका प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई नै सु सस्कारयुक्त राजनीति गर्न भक्तपुरले सिकाउने र त्यसको शुरुवात रास्वपाले गरेको, परिबर्तन गर्नको लागि आँफै लाग्नुपर्ने भएकाले मिसन ८४ को लागि देशै घण्टीमय बनाउने अभियानमा संगठन निर्माण द्रुत गतिमा अगाडी बढेको कुरा बताए ।

सोही अबसरमा यस अगाडीका नेतृत्वले गरेका राम्रो कामको मुक्तकण्ठले प्रसंशा गर्दै ख्वप्प कलेजले नै भक्तपुरको शिक्षाको ढोका खुल्ला गरेको भन्दै आगामी दिनमा ख्वप्प विश्वविद्यालय घोषणा गर्न सरकारलाई निरन्तर घचघच्याउने कुरा राख्दै पार्टी पंक्ती र शुभचिन्तक कसैले अन्य दलको बिरोध नगर्न,बदला लियर हैन बदलियर जानुपर्ने कुरा राखेका थिए।

नेपाल मजदुर किसान पार्टीको गढका रुपमा मानिएको भक्तपुर नगर समिती गठन तथा घोषणा सभा कार्यक्रममा झण्डै एक हजार जनाको उपस्थीती रहको थियो ।

रास्वपा भक्तपुरका जिल्ला संयोजक रामेश्वर बस्नेतको सभापतित्वमा सम्पन कार्यक्रमको उद्घाटन सत्रको समापन संगै बन्दसञ्ले सर्बसम्मत रुपमा राजेश सिल्पकारको सभापतित्वमा ११ सदस्यीय भक्तपुर नगर समिती निर्माण भएको जिल्ला संयोजक बस्नेतले जानकारी दिए।

त्यसैगरी समितीको उप सभापतीमा राजेश मरिखु,सचिब सञ्जीब प्रजापती,कोषाध्यक्ष सुमित्रा श्रेष्ठ,सदस्यहरु मनिका नेपाल,क्रान्ति बिक्रम कायष्थ,उविन कायष्थ,सोनिया शिल्पकार,रजिप तुई तुई,मोहन सुवाल,सनिष गोसाईको सर्बसम्मत नेतृत्व चयन भएको जिल्ला  संयाेजक बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved