खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका वडा नम्बर -३ सावाकटहरे घर भएका २२ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।
खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा समान पुर्याएर रसुवाघाटतर्फ फक्रनेक्रममा सिम्पानीमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ट्याक्टर दुर्घटनापछि गम्भीर घाईते अवस्थामा भेटिएका तामाङको उपचारका लागि एम्बुलेन्स मार्फत धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।
