काठमाडौं। बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ परेका छन् । प्रहरी शुक्रबार आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
आफ्नो घरमा काम गर्न राखेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
इन्जिनियर पोखरेललाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । पोखरेलविरुद्ध रामेछाप घर भएकी एक किशोरीले जबरजस्ती करणीसम्बन्धी प्रहरीमा जाहेरी दिएकी थिइन् ।
