काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता भएका छन् । झण्डै एक साता लामो इटाली भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता भएका हुन् । शुक्रवार बिहान इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ ओर्लिएका हुन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतमन्त्रीहरु समेत विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री पचण्डलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ ।
