Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेशी प्रदेशमा माओवादीले सरकारकाे नेतृत्व गर्ने तरखरमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2023
87

काठमाडौं । कोशी प्रदेश सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएसँगै गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्चले बिहीबार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाकाे मुख्यमन्त्री नियुक्ति असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि समयसीमा तोकेको हो ।

सर्वोच्चले दिएको समयसीमाभित्र बहुमत सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी पेश गर्नका लागि गठबन्धन आन्तरिक छलफलमा जुटेको हो । पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईका अनुसार यसबारे शुक्रबारदेखि औपचारिक छलफल हुनेछ । उनले भने, ‘सरकार गठनबारे आज एकचरण फोनबाटै गठबन्धनका नेताहरूसँग कुरा भयो, भोलि बिहानैदेखि बसेर छलफल गर्नेछौँ ।’

उनका अनुसार नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ । निर्धारित समयमा गठबन्धनले संख्या पु¥याएर संविधानको मर्म र भावनाअनुसार मुख्यमन्त्री दाबी पेश गर्ने उनको दाबी छ ।

उनले भने, ‘अदालतको आदेशलाई मध्यनजर गर्दै आवश्यक संख्या पुर्याएर गठबन्धनले नै दाबी पेश गर्नेछ । जसको नेतृत्वमा बहुमत पुग्छ, उसैको नेतृत्वमा सरकार गठन गर्छौँ ।’ उनले अदालतको आदेशलाई मध्येनजर गरेर सजिलो तरिकाले सभामुखलाई राजीनामा दिन लगाएर ४७ र्पुयाउने या राप्रपासहितको समर्थन जुटाएर आवश्यक संख्या र्पुयाउने बताए । उनले भनmे ‘जसले राप्रपाको समर्थन जुटाउन सक्छ, उसैको नेतृत्वमा सरकार गठन हुन्छ ।’

आङ्बोको नेतृत्वमा सरकार गठन हुने अवस्थामा राप्रपाले समर्थन गर्न सक्ने बुझिएको छ । यसअघि पनि कांग्रेस नेता उद्धव थापासँग राप्रपा नेताको व्यक्तिगत इगोका कारण साथ नदिएको भन्दै माओवादीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बन्नुपर्ने माग राखेको थियो । तर, केन्द्रको आदेशअनुसार थापा नेतृत्वमा सकार गठन भएको थियो ।

राप्रपाले साथ दिए कोशी सरकार गठनको लागि गठबन्धनलाई प्रष्ट बहुमत पुग्छ । यता, राप्रपाका नेताहरू पनि सबै दलहरूसँग संवादको वातावरण खुला रहेको बताउँदै आएका छन् ।

माओवादी संसदीय दलका नेता आङ्बोकै नेतृत्वमा सरकार गठन गर्ने गठबन्धनको तयारी हो ? भन्ने प्रश्नमा पूर्वमुख्यमन्त्री राईले भने, ‘आज फोनबाट गठबन्धनका नेताहरूसँग कुरा गर्दा र अहिलेको सिनारियो हेर्दाचाहिँ त्यस्तो देखिन्छ । तर, कसको नेतृत्वको सरकार गठन गर्ने भन्ने औपचारिक छलफल भोलिदेखि हुन्छ ।’

फेरि पनि उद्धव थापाकै नेतृत्वमा सरकार बन्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनी भन्छन्– ‘उहाँ (उद्धव थापा)को नेतृत्वमा सरकार गठन गर्न प्रयास नगर्ने भन्नेचाहिँ हुँदैन । तर, उहाँकै नेतृत्वमा फेरि बहुमत जुट्छ भन्न सकिँर्दन । अन्तिम विकल्प भनेको सभामुखको राजीनामा गराउने, तर सभामुखज्यूले त्यति सजिलै राजीनामा दिइहाल्नु हुन्छ भन्ने पनि लाग्दैन ।’

राप्रपालाई गठबन्धनमा ल्याउन नसके सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको अन्तिम विकल्प हुनेछ । सकभर राप्रपालाई गठबन्धनमा ल्याउने र पुनः मुख्यमन्त्रीमा दाबी गर्ने गठबन्धनको तयारी छ । सभामुखले आफ्नै दलको नेतृत्वमा सरकार बन्ने भएमात्रै राजीनामा दिन सक्ने बुझिएको छ ।

अहिले कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धमा छन् । उनीहरूको कूल सांसद ४६ छ । यस्तै, एमाले ४० र राप्रपाको ६ सांसद रहेको छ । गठबन्धनले राप्रपालाई समेट्न सके स्पष्ट बहुमत पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

संविधानको धारा १६८ (२) अर्थात् अब दुई वा दुईभन्दा बढी दलहरूको बहुमत जुटाएर सरकार बनाउन सर्वोच्चले साउन १७ गतेसम्म समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved