सिताराम साह / जेठ २० गते रौतहट जिल्लाको मध्यभाग गरुडामा बुधबार जसपाद्धारा मशाल जुलुस निकालेका छन ।राष्ट्रपति बिधादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक साँसद बिघटन गरि चालेको असँबेधानिक,आलोकतान्त्रिक र प्रतिगामी कदमको बिरोधमा साथै कोरोना महामारीलाई मध्यनजर गर्दै समाजिक दुरी कायम गरी रौतहटको चर्चित ब्यापारिक मुख्य शहर गरुडा नगरपालिकाको गरुडा बजारमा बुधबार साझ जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रामकिशोर यादवको नेतृत्वमा मशाल जुलुस प्रदर्शन गरिएको छ्र ।

जनता समाजबादी पाटीद्धारा निकालिएको मशाल जुलुस प्रदर्शन कार्यक्रममा बिर शहिद अमर रहे अमर रहे ,राष्ट्रपति भण्डारी मुर्दाबाद( मुर्दावाद मुर्दावाद , प्रधानमंत्री केपी ओली मुर्दावाद( मुर्दावाद ,असंवैधानिक ,अलोकतांत्रिक, कदम फिर्ता गर( फिर्ता गर फिर्ता गर ( संसद पुन स्थापना गर( पुन स्थापना गर पुन स्थापना गर ,जसपा नेपाल जिन्दावाद( जिन्दावाद जिन्दावाद लगायत बिभिन्न पलेट कार्ड सहित नारा लगाएका थिए ।उक्त मसाल जुलुस गरुडा बजार देखि सुरु गरि गरुडाको बिभिन्न ठाउँमा परिक्रमा गरि मेथुर चौकमा पुगी जनता समाजबादी पाटीका केहि शिर्ष नेताहरु आफ्नो–आफ्नो मन्तब्य राखेका थिए ।
उक्त मशाल जुलुस कार्यक्रममा जसपा नेपाल केन्द्रीय परिषद् सदस्य जयनाथ राय यादव , जसपा नेपाल प्रदेश सदस्य ब्रिज किशोर राय यादव , रौतहटका चर्चित युवा नेता राजकुमार दास , गरुडा नगरपालिका लोकप्रिय नेता अनिल कुमार यादव , युवा नेता पंकज साह , दिपेन्द्र यादव समाजबादी युवा सँघ नेपाल रौतहटका जिल्ला अध्यक्ष कौशर खान मिथिला लगायत दर्जनौको युवा नेताहरुको सहभागीमा मशाल जुलुस कार्यक्रम सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष रामकिशोर यादव बताएका छन ।
