Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्नाे अपराध प्राणितगरी थुन्न गृह मन्त्रीलाई बस्नेतकाे चुनाैती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2023
120 shares

काठमाडौ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराध प्रमाणित गरेर थुन्न सार्वजनिक चुनौती दिएका छन् ।

गृह मन्त्रालय नेतृत्वको संलग्नताबिना यति धेरै परिमाणमा सुन तस्करी गर्न संभव नहुने सूचना आफूलाइृ आएको बिषयमा राखेको अभिब्यक्तिलाई लिएर गृहमन्त्री श्रेष्ठले सचिवालयकै सदस्यलाई प्रहरीमा उजुरी दिन लगाएको भन्दै अध्यक्ष बस्नेतले यस्तो चुनौती दिएको हो ।

बस्नेतले भ्रामक प्रचार गरेको भन्दै गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले साइबर ब्युरोमा उजुरी दिएलगत्तै बस्नेत आबद्ध नेकपा एमाले सम्वद्ध पत्रकार संगठन प्रेस चाैतारी नेपालले वक्तव्य जारी गर्दै गृहमन्त्रीले दिनभर आफूविरुद्ध पक्राउको समाचार लेखाएर प्रहरीलाई साइबर क्राइम लगाउन आदेश दिएको तथ्य खोलेको समेत आराेप लगाएमा हुन् ।

‘भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाईले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भने साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ । उहाको बोली धम्कीकै थियो । धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनु भएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो,’ चाैतारी अध्यक्ष  समेत रहेका बस्नेतले चुनौती दिँदै भने, ‘गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरें भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सवैको मुख बन्द गराएर आफूले गरेको सवै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो । मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू र? बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ? भन्दै अध्यक्ष बस्नेतले आफ्नो फेसबुक स्टाटसका आधारमा साइबर क्राइम पुष्टि गर्न चुनौती पनि दिएका छन्।

याे पढ्नाेस बस्नेतले लेखेकाे चुनाैतिका लागि फेसबुक स्टाटस:

गृहमन्त्रीलाई खुला चुनौती
काक्रो आफूले खाएर बिँया अरुको निधारमा टाँस्ने काममा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माहिर हुनुहुन्छ । उहाँबाट यही अपेक्षा थियो, भयो । मलाई थाह छ, कमरेड नारायणकाजी श्रेष्ठको बिशेष रुची भन्सारतिर कर्मचारी सरुवामा हुन्छ । कतिपय घटनाका साँक्षी म आफै छु । एकपटक उहाँले अर्थमन्त्रीलाई फोन गरेर त्रिभुवन बिमानस्थल भन्सार कार्यालयदेखि चार वटा भन्सारका प्रमुख सरुवा गर्न नाम टिपाउँदा म प्रत्यक्षदर्सी थिएँ । प्रहरीको सरुवा र बढुवामा पनि कमरेडको राम्रै रुची रहेको कुरा कुनै बेला प्रमाणसहित ल्याउँला । आफू राम्रो बाँकी सवै नराम्रा भन्ने बिचारका प्रणेता गृहमन्त्री कमरेड नारायणकाजी श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गरेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत अर्थात मलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु भएछ ।

दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरु अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिएभन्दै हटाइरहेका छन । सुनकोशी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने ब्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन भन्ने कुरा प्रमाणित भइसकेको छ । भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाईले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भने साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ । उहाको बोली धम्कीकै थियो । धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनु भएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो । गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरें भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सवैको मुख बन्द गराएर आफूले गरेको सवै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो । मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू ? बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?
कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खवर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’
प्रिय नारायणकाजी कमरेड, तपाईले २०६५ सालदेखि को–कोबिरुद्ध समाचार लेखाउनु भयो ? के के काम गर्नुभयो ? भर्खरै मात्र पनि पत्रकार बोलाएरु मबाहेक प्रधानमन्त्री र अरु सवै मन्त्रीको धन्दा ठीक भएन, काम गर्ने त ममात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो । कमरेड सवै कुरा थाह छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved