काठमाडौँ । माधव नेपाल पक्षले बोलाएको भनिएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेको भन्दै संस्थापन पक्षले प्रेस बक्तब्य जारी गरेको छ ।
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिसकेका ब्यक्तीहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु पार्टी बिधान बिपरीत भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरूलाई सचेत गराएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य प्रकाशित गरी पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै त्यसको पार्टीले निन्दा र भर्त्सना गरेको जनाउनुभएको छ ।
वक्तव्यमा भनिएको छ, ’’अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो क्रियाकलापको निन्दा एवम् भर्त्सना गर्दछु ।
माधव नेपाल पक्षले भने बिहीबार बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
