विराटनगर। आफैंलाई गोली हान्न लगाएका आचार्य श्रीनिवासलाई धरौटीमा रिहा भएका छन्। हातहतियार खरखजाना ऐन अन्तर्गत ३ सातादेखि सुनसरीको झुम्का कारागारमा ३ सातादेखि बन्दी रहेका आचार्य मोरङ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने फैसला सुनाएपछि रिहा भएका हुन्।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रकाश शर्माको एकल इजलासले शुक्रबार आचार्यलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो। आचार्यले जिल्ला प्रशासन मोरङमा शुक्रबार नै ५ हजार रुपैयाँ धरौटी जम्मा गरेका छन्।
गत जेठ १६ देखि झुम्का कारागारमा रहेका आचार्य २० दिनपछि छुटेका हुन्। प्रहरीको सुरक्षा घेरामा उनलाई सुनसरीको गुरुआश्रम प्रकाशपुर लगिएको छ।
हिन्दू राज्य स्थापनाका लागि आन्दोलन गराउने प्रयासमा आफैंमाथि गोली हान्न लगाएको आरोपमा आचार्यलाई मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो।
विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यले योजनाबद्ध ढंगबाट आफैंमाथि गोली प्रहार गर्न लगाएको उनका शिष्यले नै प्रहरीसमक्ष बयान दिएपछि आचार्यलाई काठमाडौंबाट पक्राउ गरिएको थियो।
याे सामग्रि २०७५असार ८गत्ते सुक्रबार १४:१६ बजेनेपाल नेपाल आजमा प्रकाशि सामग्री हाे भने तस्विर सामाजिक सञ्लाबाट साभार गरिएकाे हाे।
https://nepallive.com/story/26787?fbclid=IwAR1fd1jD1-FwkLL5WNXkAwjyvi1j74XYR-P_lSJr28BoI01dEFo2GdwysII
