Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनप्रतिनिधिकै मिलेमतोमा झुठो कागजात बनाइ २० बर्ष जेल पठाइएका सार्कीको कथा यस्तो छ !, कस्ले दिने न्याय ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2023
84 shares

जनप्रतिनिधिकै मिलेमतोमा झुठो कागजात बनाइ २० बर्ष जेल पठाइएका सार्कीको कथा यस्तो छ !, कस्ले दिने न्याय ?  – दलमर्दन कामी

निर्दोष लाखबहादुर सार्की (गाडुभेना-गाडुजुवाइ )लाई १)गत १९ साझ ७ बजे पक्रेर ११ बजेराती मुचुल्का उठाइ २० बर्षको लागि झुम्काको जेलमा जबर्जस्ती अपराधी बनाइ जेल हालिएको छ ।

सत्ता,शक्ति र भक्तिले गरिब निमुखा निर्दोष माथि कोही कसैले अन्याय नगरोस् गर्नुहुन्न । तर धरान उपमहानगरपालिका वडा न. ६ मा करिब २५ बर्ष देखि बसोबास गर्दै आएका एक गरिव परिवारका गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्की २२ बर्ष अगाडिको हत्या केसमा उनलाई फरार हत्यारा अभियोगमा २० बर्ष जेल सजायका लागी झुम्का कारागारमा जेल सजाय भुक्तानका लागि हालिएको छ।

उनी करिब २५ बर्षभन्दा अघि देखि कहिँकतैनगै सोही ठाउमा ज्यामी मजदुरी गरेर परिवार पाल्दै आएका थिए उनलाई जेलमा फसाइए पछी उनका चिनेजानेका छरछिमेक गाउका प्राय सबै मान्छे बिचरा त्यस्तो सोझो मान्छेले कसरी हत्या गर्छ हौ ? हैन त्यो मान्छे त अति सोझो घास दाउरा जादा जुत्ता चप्पल लाउन समेत भखर ३-४ बर्ष देखि थालेको त्यस्तो सोझो मान्छेलाई कस्ले किन फसाए ? हैन त्यस्तो मान्छेले कसरी हत्या गर्छ हौ ? गाउँ छरछिमेक चिनेजानेका अधिकांश मानिसको प्रश्न छ मनमा चिन्ता र आखामा आसु डरत्रासमा छ्न उनीहरु भन्छन् हन कसैलाई रिस उठेपछी जेभन्दा जे गर्दा पनि हुनेरहेछ अबत सोझोसिदा मानिसत गाउमा बस्न पनि हुन छाड्योत यस्तो हो भने जो जतिसुकै बेला जेलमा जान पर्नेरहेछ भनेर गाउमा एकाअर्का बीच छलफल गरेको सूनिन्छ ।

लाखबहादुर सार्की बारे भन्छन् हत्यारा होभने हत्या भएको २२ बर्ष भो २५-२६ बर्ष देखि गाउँमै बसेको मान्छेलाई किन पक्राउ नगरेको र अहिले पक्राउ गरेका हुन ? हैन हौ यो मान्छेत त्यस्तो छैन कसैले फसाएका हुन भन्दै आएकाछ्न । हुनपनि गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाखबहादुर सार्कीलाई गत यहि असार १९ गते साझ ७ बजे इलाका प्रहरी कार्यलय धरानले पक्राउ गर्छ र राति ११ बजे उनी हत्यारा फरार अभियुक्त सार्के कान्छो भनिने लालबहादुर सार्की , गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्की एउटा व्याक्ती होभनेर प्रहरीले मुचुल्का तयार गर्छन् र राती ११ बजे पुर्व वडा अध्यक्ष र बालवाला २ जना सदस्यले मुचुल्का हस्ताक्षर गरेर ४ घन्टाको बीचमा हत्यारा प्रमाणित गरेर २० बर्ष जेल सजायका लागि कारागार पठाउछ्न । यो जति अन्याय अपराधीपुर्ण कार्य अर्को हुनै सक्दैन ।

प्रश्न धेरै गर्न सकिन्छ ।
लाख बहादुर सार्की करिब २५ बर्ष देखि सोही स्थानमा अहिलेसम्म कहिकतै नगइ कार्यरत छ्न ।
घटना २२ बर्ष अगाडि घट्छ सो समय अबधिका तत्कालीन पाँचकन्या गाबिस अध्यक्ष अहिलेका प्रदेश सभामा सुनसरी क्षेत्र न.१(क)का संसद रमेशकुमार बस्नेत रहेका थिए भने वडा अध्यक्ष विश्वराज कार्की छ्न त्यसै गरेर कान्छो सार्की लालबहादुर सार्की भनेको गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्कीनै होभनेर रोहवरमा बस्ने वर्तमान दुई वडा सदस्य सहित वडा अध्यक्ष सबैको घरमा लामो समय कहिले कस्का कहिले कस्का ज्यामी काम गर्दै आएका थिए यसरी उबेला २२ बर्षसम्म किन हत्यारा भएनन ? आज २२ बर्ष पछी यतिबेला आएर कसरी हत्यारा भए ? यदी हत्यारा थिए भने किन ढाकछोप गरे ? २२ बर्ष पछि हत्यारा देखिने प्रमाण केके हुन ? आम न्याय प्रेमीले प्रश्न गर्ने कुरा यावत छन ।

जनप्रतिनिधि होस वा न्याय र समानताको पक्षधर हुन सबैले सत्ता शक्ति र भक्तिको भरमा अन्याय कसैले कोहिमाथी गर्नुहुन्न अर्थात जोसुकै अपराधी हुन नछाड्नु हुन्न निर्दोषलाई दबाब या प्रलोभनमा संरक्षण गरिनुहुन्न । हरेक जनप्रतिनिधि अपराधी नउम्कोस ,निर्दोष अन्यायमा नपरोस् भन्ने हिम्मतले काम गर्नुपर्छ सकेसम्म गाउसमाजका समस्या समाजमै मिलाउने हो। हदैसम्मका अपराध अफ्ट्यारा सारागारा कामलाइ मात्रै प्रहरी प्रशासनको हातमा जिम्ममा दिने हो । हैन भने जनप्रतिनिधि केको लागि ?

सुनसरीको धरान ६ को पानबारी बाट पक्राउ परेका २५ बर्ष देखि कहिकतै नगएइ गाउँघरमा गुजारा गर्दै आएका (सोझासिदा गाडुभेना – गाडुजुवाइ) लाख बहादुर सार्की अन्यायमा परेका छन,अन्यायमा पारिएको छ उनि निर्दोष छन हुन म र हाम्रो जनता समाजवादी पार्टी नेपाल , शिल्पी(दलित) विशेष समिति प्रदेश न.१ को ठहर हो ।

२५ बर्ष देखि सोही स्थानमा ज्यामी काम गरि जिबिकोपार्जन गर्दै कहिकतै नगएका सोझासिदा गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्कीलाई रातारात ४ घन्टा भित्र स्थानीय वडा सरकार सत्ता र शक्तिमा रहेका बहालवाला दुई सदस्य र पुर्व अध्यक्ष र प्रहरीको मिलेमतोमा ११ बजेराती मुचुल्का तयार गरेर हस्ताक्षर गरेर निर्दोष मानिसलाइ जेलमा पठाइनु यो अपराध होइन ? यो अकल्पनीय घटना हो निर्दोष मानिसलाइ ११ बजेराती अपराधी बनाइएको छ । अन्याय प्रति दलितको अधिकारको ढ्वाङ फुक्ने दलित सस्था र तिनको नेतृत्व किन चुपचाप ?

सोझासिदा (गाडुभेना – गाडुजुवाइ) लाख बहादुर सार्कीलाई नियतबस अन्यायमा पारिएको छ मेरो बुझाइ हो उनी हत्यारा हुन भन्ने प्रमाण बिना निर्दोष मानिसलाई हत्यारा भन्न पाइन्न ।, लाखबहादुर हत्यारा हैनन भन्ने मेरो १००% बुझाइ हो म चुनौती दिन चाहान्छु जस्ले कान्छो सार्की भनिने लाल बहादुर सार्की र लाखबहादुर सार्की एउटा ब्याक्ती होभन्ने ४०% प्रमाण देखाओस आधारहिन कुरालाई सत्ता शक्ति र भक्तिको डरत्रास वा प्रलोभनमा परेर गरिब असाहय दिनदुखी माथि अन्याय गर्नुहुन्न ।
यसर्थ निर्दोष गरिव असाहय परिवारका गाडुभेना – गाडुजुवाइ भनेर चिनिने लाख बहादुर सार्की माथिको अन्यायका विरुद्ध म जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु , तर लाखबहादुर सार्की अन्याय पर्न दिन्न लडाइँ लड्दै गर्दा ढिला होला तर म बाचुन्जेल मेरो प्राण रहुन्जेल अन्यायको विरुद्ध रहेर उनको न्यायको आन्दोलन म छोड्दिन जब सम्म मैले अपराधी हो भन्ने प्रमाण पाउदिन र उनी अपराधी देख्दिन । न्यायको पक्षमा उभिनु हुन आदरणीय न्यायप्रेमी सबैमा अनुरोध गर्दै आएका छौ अनुरोध गर्दर्छौ गरिव दुखी असाहयका निम्ति न्याय मर्नु हुदैन सबैसचेत एकजुट भएर लागौं सत्ता शक्ति र भक्तीमा गरिब असहायलाई अन्याय पर्न नदिऔं ।
अपराधी लाइ कार्वाही गरौं । निर्दोषलाई न्याय दिलाऔं!

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved