काठमाडाैं । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपता भएका छन् ।
रामेछाप नगरपालिका ५ का १६ वर्षीय रितिक सुनुुुुुुुुुुुुुुुुुुवार र अन्दाजी १६ वर्षीय सुवेन्द्र सुनुवार पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन ।
घरबाट करिब ३ किलोमिटर टाढा गाईटार भन्ने स्थानमा आइतबार साँझ पौडी खेल्न भनेर ४ जना सुनकोशी नदीमा गएका र पाैडी खेल्ने क्रममा तीमध्ये दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
प्रहरीका अनुसार बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको र अहिले सम्म कतै भेट्न सकिएकाे छैन ।
