काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित सर्वसम्मतले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकबाट मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ संशोधनसहित पारित भएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी प्रस्ताव पेश गरेका थिए।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ। File photo
