Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘रैथाने दमाई जातिको लोकजीवन’ सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2023
1.4K

काठमाडाैं । नेपाली कलासंँस्कृतिका स्पन्दन दमाई जातिको बारेमा बिहंगम अनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ ‘रैथाने दमाई जातिको लोकजीवन’ सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्धारा सम्पादित ग्रन्थको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कुलपति राईले भने–‘प्राज्ञिक क्षेत्रले बाटो देखाइदिनुपर्छ र राजनीतिक नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न सकेमा राष्ट्र अगाडि बढछ ।’ उनले राजनीतिभन्दा संस्कृति महत्वपूर्ण भएको र ग्रन्थले संस्कृतिका यावत पक्ष सार्वजनिक गरेको विचार व्यक्त गरे । समीक्षक प्राडा अभि सुवेदीले ग्रन्थ अत्यन्तै बृहत आकारको ग्रन्थभित्र बृहत् ज्ञानको भण्डार पाएको बताए ।

उनले भने, ‘ शक्ति संरचनाले बाहिर पारिएका समुदायको लिखित दस्तावेज दुर्लभ नै हुन्छन् । तर यसो भन्दैमा उनीहरुको अस्तित्व, इतिहास र पहिचान नै हुँदैन भन्न मिल्दैन । उनीहरुसँग रहेको मिथक, किंवदन्ति, लोकविज्ञान, लोककथा आदि सबै लोकजीवनमा हुन्छन्, त्यसलाई इतिहासको प्रमाणको रुपमा लिनुपर्छ ।’ रैथाने दमाई जाति शिल्पकला, संस्कृति, सम्पादाले भरिपूर्ण भएको र सोही अनुसारका खुराक ग्रन्थमा समेटिएको उनको भनाइ छ । तर राज्यले, समाजले उनीहरुमाथि ज्ञानको हिंसा जारी राखेको छ । यो अत्यन्तै अमानवीय र अप्राकृतिक कुरा हो ।’

सुवेदीका अनुसार–‘लोकजीवनमा फोल्क आर्किटेक्चरको असाध्यै महत्व हुन्छ । त्यसमा प्रदर्शनकारी कला शक्तिशाली हुन्छ । नेपालका प्रदर्शनकारी कलामा दमाई संस्कृतिको निकै ठूलो महत्व रहेको छ । उदाहरणको रुपमा बाहुनमा केवल शास्त्रीय कला मात्रै छ, प्रर्दशनकारी कला छैन । तर दमाईमा प्रदर्शनकारी कला शक्तिशाली र प्रभावकारी रहेको पाइन्छ ।

दमाई प्रभाती गीति काव्य उस्तै मनमोहक र भव्य छ । लोकविज्ञान ग्रन्थको मूल स्पन्दन तत्व रहेको छ । ग्रन्थले रैथाने अनादिवासी दमाई जातिका लागि ठीक–ठीक स्पन्दन समातेको छ । ग्रन्थ समग्रमा जैविक चेतनाको ऐतिहासिक साहित्य छ । यो ज्यादै महत्वपूर्ण विषय छ ।’ सुवेदीले भने–‘सामन्ती सामाजिक बर्बरता सहेर आजको विश्व जलवायू परिवर्तनको सन्दर्भमा जैविक पर्यावरणीय सन्तुलन (Ecological Environment Balance) लाई दमाई जातिले उत्पीडन भोग्दै दुख गरेर ज्ञान बाँडिरहेका छन् ।’


समीक्षक सीताराम तामाङले भने, ‘ग्रन्थले दमाई जाति आदिवासी रहेको तथ्यप्रमाण दिएको छ, जुन अत्यन्तै सकारात्मक पाटो हो । दमाई जातिबाटै यो ग्रन्थ अनुसन्धान गरेर लेखिनु गौरवपूर्ण विषय हो ।’ यस ग्रन्थले वर्तमान इतिहासलाई उल्टाइदिएको उनको तर्क छ । ‘यसले प्रबुद्ध–प्राज्ञिक जमात भनिनेहरुलाई ठूलो चुनौती दिएको छ । यो चुनौतीलाई सबैले अवसरको रुपमा लिएर अझै विस्तृत खोज गर्न सकेमा उत्तम हुन्छ’, उनले थपे ।

ग्रन्थका मुख्य लेखक डीबी. नेपाली ‘दमु’ ले एक दसकभन्दा बढी समयावधि खर्चिएर अनुसन्धान गरी ग्रन्थ लेखेको बताए । उनले भने, ‘प्राथमिक स्रोत नै लोकजीवन हो । त्यो ज्ञान नै रैथाने आदिवासी ज्ञान हो । राष्ट्र अगाडि बढ्नुमा पारिवारिक संस्कृतिको ज्यादै अहं भूमिका हुन्छ ।’ हाम्रो छिमेकी चीन र अरू विकसित देश अगाडि बढ्नुमा पारिवारिक संस्कृतिले नै मुख्य भूमिका खेलेको उनले बताए ।

ग्रन्थका सम्पादक गोपीकृष्ण ढुंगानाले ग्रन्थले यथार्थ घटना र सन्दर्भलाई अभिलेखीकरण गर्ने ऐतिहासिक काम गरेको बताए । ‘दमाई जातिको लोकजीवन’ ले एकातिर नेपाली समाजको समग्र यथार्थ चित्रण गरेको छ भने अर्कोतिर दमाई जातिको इतिहास रच्ने काम भएको उनको तर्क छ । ग्रन्थमा दमाई जातिका मौलिक लोकबाजा, लोकसंगीत, लोकसंस्कार, लोकविज्ञान, लोकसंस्कृति ज्ञान र सीप समाविष्ट रहेको उनले बताए । आफू सञ्चारकर्मी भएकोले सम्पादनको क्रममा थाहा पाएँ कि दमाई जाति आदिम सञ्चारकर्मी रहेछन् । समाज रूपान्तरणका संवाहक रहेछन् ।

सञ्चारको आँखाले हेर्दा क्यानेडियन प्राध्यापक डा. ह्यारोल्ड ए. इनिसको थ्यौरी ‘अ बायोस अफ कम्युनिकेसन’ थ्यौरीभित्र दुईवटा पक्ष छन्, ‘टाइम बायोस्ड मिडिया र स्पेस बायोस्ड मिडिया ।’ र, निष्कर्ष निकालेको छु– ‘रैथाने दमाई जातिको लोकजीवन’ टाइम बायोस्ड मिडिया हो । हो, ‘रैथाने दमाई जातिको लोकजीवन’ ले अबका दिनमा सयौं वर्षसम्म सञ्चार गरिरहने छ । रैथाने दमाई जातिको लोकजीवनम, दिमाग रन्थन्याउने सन्दर्भदेखि सङ्गीतका अनेक आयामसम्मको विस्तृत जानकारी पाइन्छ । समग्रमा यो ग्रन्थ नेपाली समाजको ऐना बनेको छ ।’ उनले ग्रन्थ विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘रिफरेन्स’ का रूपमा राख्न सकिने तर्क पनि गरे ।

व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी र नेपाल बौद्ध–अम्बेडकर महासभाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रकी अध्यक्ष कमला हेमचुरीले ग्रन्थले दमाई जातिका यावत विषयमा वैचारिक बहसको थालनी गरेको बताइन् । ग्रन्थ मकालु प्रकशन गृह काठमाडौंले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved