सोलुखुम्बु । सोलुखुम्बुमा कोशी नाम खारेजी जिल्ला संघर्ष समिति गठन गरिएको छ । किरात राई यायोख्खाका जिल्ला अध्यक्ष राम संघर्ष किरातीको संयोजकत्वमा जिल्ला संघर्ष समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा नेपाल शेर्पा संघका अध्यक्ष मिङमार शेर्पा, सचिवमा नाछिरीङ समाजका अध्यक्ष गणेश नाछिरीङ, कोषाध्यक्षमा तामाङ घेदुङ समाजका केन्द्रिय सदस्य सारदा माया तामाङ रहेका छन्।
मगर संघ, भुजेल संघ लगायत अन्य भाषिक समूहका प्रतिनिधिहरु सचिवालय सदस्य रहनेगरि समिति गठन गरिएको कोशी नाम खारेजि केन्द्रिय सचिवालयको सदस्य ल्हाक्पा शेर्पाले जानकारी दिए। ।
शेर्पाका अनुसार समितिले कोशी नाम खारेज अभियान सञ्चालन गर्ने, कोशी नाम लेखेको बोर्डहरु हटाउने, पालिका स्तरीय समिति गठन गर्ने, कोशी नाममा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।
