ललितपुर । देशभरीका चर्चहरु स्थानीय सरकारमा दर्ता हुने र नहुने अन्याेलता रहेकोे अवस्थामा ललितपुरकाे टिकाथलिमा रहेको ‘सोअर विश्वासको मण्डली’ महालक्ष्मी नगरपालिका ललितपुरमा संस्थागत रुपमा दर्ता भएको छ ।
सोअर विश्वासको मण्डली २०८० असार २४ गते संस्थागत रुपमा दर्ता भएपछि महाललक्ष्मी नगरपालिका ललितपुरले उक्त मण्डलीलाई संघसंस्था आवद्धता प्रमाण पत्र उपलब्ध गराएको छ ।
संस्थागत विधानको पचिच्छेद २ उद्देश्य नं. ४ को (क) मा परमेश्वरको महिमा गर्नु, र सुसमाचार प्रचार गर्नु आत्मिकि तथा भौतिकी रुपमा सेवा गर्दै र बलियो पार्दै लैजाने कुरा उल्लेख गरेको छ ।

संस्थागत रुपमा दर्ता भएको मण्डली सञ्चालन गर्नको लागि ७ जनाको कार्यसमिति रहेको र जसको अध्यक्षता पास्टर प्रेम बहादुर कार्कीले गर्ने अध्यक्ष कार्किले जानकारी दिए ।
देशभरी कतिपय मण्डलीहरु वडा, नगर र जिल्ला प्रशासनमा संस्थागत रुपमा दर्ता भएता पनि धेरै मण्डलीहरु दर्ता हुने कुरामा अन्याेलमा छन् । मण्डली संस्थागत रुपमा दर्ता हुनुले आगामि दिनहरुमा दर्ता भयका ती मण्डलीहरुले स्थानिय सरकारलाई आर्थिकरुपले सहायता गरेर राज्यकाे सुविधामा समेत सहभागिता पाउने अपेक्षा गरिएकाे छ।
