काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको किरिया नगरिने भएको छ ।
स्वर्गीय सीताको निधनमा शोक मनाउने तर हिन्दु परम्परा अनुसार काजकिरिया नगर्ने र नुन नबार्ने पारिवारिक सल्लाह भएकोे परिवारका एक सदस्यले बताए ।
बुधबार निधन भएकी सीताको सोही दिन हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई प्रधानमन्त्री आफैँले मुखाग्नि (दागबत्ती) दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।
पनि प्रचण्डका छोरा प्रकाशको निधन हुँदा पनि काजकिरिया गरिएको थिएन ।
