अबुधाबी समाचारदाता,
बार्ह बर्ष अघिदेखी यूएईको एन.आर. एन्. ए संस्था सँग जोडीएका फडीन्द्र ढकालले एन्. आर.एन. ए. यु.ए.ई.को उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्।
पन्ध्र बर्ष अघिदेखी यु.ए.ई. मा कार्यरत ढकाल् ले नेपाली मजदुर हरुको समस्यालाई नजीकबाट बुझेको बताए ।
नेपाल तेर्हथुम मेन्छायाम् ५ घरभइ भक्तपुर बसाईं भएका ढकालले सूचना चौतारी लाई भनें-
मसङ्ग एन.आर.एन.ए.अभियानमा जोडिएर २०७२ को भुकम्प, कोभिड महामारिको बेला साथै अलपत्र परी संपर्कमा आएका नेपालीहरुलाई सहयोग गरेको राम्रो सङ्ग अनुभव छ।२०११ बाट एन.आर.एन्.ए.को साधारण सदस्य लिएर अबुधाबी क्षेत्रिय समितिमा निबर्तमान सहसचिब, उपाध्यक्ष , निबर्तमान केन्द्रिय सह-कोषाध्यक्ष बर्तमान सचिब पदको जिम्मेवारि लिएर काम गरेको अनुभव पनि आफू सँग रहेको र आठ बर्ष लगातार कार्य समितिमा रहेर काम गरेको छु त्यसैले नै म उपाध्यक्ष पदको उम्मेदवारको योग्य छु।
ढकाल् भन्छन्- नेपालिहरु बिदेश आउनु अगाडि सम्बन्धीत् कामको तालिम लिने, अरबिक् भाषा सिक्ने, ट्राफिक् नियमको बारेमा बुझ्ने, यु.ए.ई. को नियम कानुन सम्बन्धी जानकारी लिने र अवार्नेस् गराएर मात्र बैदेसिक रोजगारीको श्रम अनुमती दिने बिषयमा नेपाल सरकार सँग सहकार्य गर्न, कार्यन्वयन् को लागि पहल गर्न सकियोस् र श्रम गर्ने श्रमिकको हक-हितमा बोल्न सकियोस्।
यु.ए.ई.मा अलपत्र परेका नेपालीहरु, झ्याल्खानामा वा अन्य कानुनी समस्यामा परेका धेरै छन्, उनीहरुलाई सहयोग गर्न नेपाली दुतावास् सँग सहकार्य गरी समस्याहरूको समाधान को लागि पहल गर्न भनेर नै आफुले एन.आर.एन् ए. को चुनाबमा यहि आउने जुलाई तीस् तारिक् उपाध्यक्ष पदको निम्ति उम्मेदवारी दिएको बताए।
