काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ । यसअघि हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजे बस्नेछ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ ।
त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
