काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित सीता लामो समयदेखि अस्वसथ थिइन् थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

