काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क तोकेको छ । उक्त गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर लिएर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क अनिवार्य गर्ने भएको हो ।
गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर असुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हो ।
राजधानी काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ ।काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर लैजाने गरिन्छ ।
