Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरान: पूर्व वडा अध्यक्षको मिलेमतोमा निर्दोष व्यक्तिलाई फसाएको भन्दै न्यायका दिन १५ दिने अल्टीमेटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2023
501 shares

सुनसरी । धरानमा ६ का वडा सदस्यहरु र पुर्व वडा अध्यक्षको मिलेमतोमा निर्दोष व्यक्तिलाई अपराधी फसाएको भन्दै न्यायका १५ दिनको अल्टीमेटम ।

जनता समाजवादी पार्टी , शिल्पी विशेष समिति प्रदेश न.१ ले लाखबहादुर बिसुङ्खे सार्कीको न्यायका लागि पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिका वडा न.६ का सदस्य द्वय राजेन्द्र न्याैपाने तथा नारायण निराैला र पूर् वडाध्यक्ष बिश्वराज कार्कीले निर्दोष व्यक्तिलाइ २२ बर्ष पहिले हत्या आरोपमा फरार अभियुक्त सार्की कान्छा भन्ने लालबहादुर सार्कीलाई पक्राउ गर्ने बहानामा प्रहरी सहितको मिलेमतोमा निर्दोष व्यक्तिलाई अपराधी बनाइ २० बर्षका लागि जेलमा पठाएको भनी जनता समाजवादी पार्टी, शिल्पी विशेष समिति प्रदेश न.१ ले लाखबहादुर बिसुङ्खे सार्की निर्दोष रहेको भन्दै न्यायका लागि सहजीकरण गरिदिन वडा समितिलाई १५ दिने अल्टीमेटम पत्र बुझाइ पत्रकार सम्मेलन गरेको छ ।

हत्याकाण्डमा कहिकतै नाम नजोडीएका लाख बहादुर विसंखे सार्की कसरी २२ बर्षपछी हत्यारा भए सो समय देखि कहिले कहिकतै नगइ इमानदार रूपमा परिवार र समाजमा काम गर्दै आएका सोझासिदा लाखबहादुर अन्यायमा परेको भन्दै करिब २०० जनाभन्दा बढि वडावासी उपस्थित रहेकाे साे कार्यक्रममा वडाका राजनीति दलका प्रतिनिधि नागरिक समाजका अगुवा हरु सहितको उपस्थितिमा लाखबहादुर विसंखे सार्कीको न्यायका लागि तत्काल पहल गर्नुपर्ने भन्दै वडा समितिको कार्यलयमा सम्पन्न कार्यक्रममा सहभागी हरुले बताए थिए।

दुईजना वडा समिति सदस्य र पूर्व अध्यक्षसमेतको मिलेमतोमा सोझा गरिब निमुखालाई फसाएको भनी वडालेनै न्यायको पहलका लागि जिम्मेवार हुनुपर्ने भन्दै वडा समितिलाई लाख बहादुर विसंखे सार्कीलाई न्याय दिलाउन १५ दिने अल्टीमेटम पत्र बुझाए पछी शिल्पी/दलित विशेष समितिले वडा समितिको सभाहलमा पत्रकार सम्मेलनमा गरेको थियो ।

सो पत्रकार सम्मेलनमा वडा समितिका अध्यक्ष भुपेन्द्र भट्टराईले हाम्रा वडा सदस्यलाई प्रहरीले रोहवरमा सहि गर्नुभनी कागजातमा के लेखिएकाे छ साे नसुनाइ फरार अभियुक्त लालबहादुर सार्कीनै लाखबहादुर विसंखे सार्की हुन् भन्ने बनाएर झुक्याएको रहेछ्न प्रहरीले फसाएको हो म नै त्यहा उपस्थिति भएको भए मलाइ पनि फसाउने रहेछ्न् ।

लाख बहादुर विसंखे सार्की अपराधी हत्या काण्डमा मुछिएका हुन् भन्ने लाग्दै लाग्दैन धेरै पटक धेरै समय मेरो आफ्नै घरमा समेत काम गरेका छ्न् भने कहिँ कहिल्यै नराम्रो गरेको पाइएको छैन वडा समिति मार्फत लाख बहादुरको रिहाइको निम्ति हामी के कसरी हुन्छ लाग्ने प्रतिवद्धता ब्यक्त गरे । जसपाका केन्द्रीय सदस्यहरु दलमर्दन कामी,जेन्टल लावती,राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले पीडितलाई तत्काल न्याय नदिलाए जस्ताेसुकै संघर्षका कार्यक्रमहरु पनि अगाडि बढाउन बाध्य हुने चेतावनी दिएका छन् ।

सर्बोच्च अदालतको निर्णय अनुसार २०५८ कार्तिक २६ गते धरान – ६ मा लालबहादुर सार्की ( सार्की कान्छा) लगायतका ८ जनाको समूहले पृथ्वी सिं थापा र जसबहादुर राईको हत्या गरेका थिए । हत्यामा संग्लन मध्ये देशबहादुर कार्की सहित ६ जनालाई जेल चलान गरिएको र लालबहादुर सार्की सहित २ जना फरार भएका थिए ।

घटना घटेको २२ बर्ष पछि धरान ६ निवासी लाखबहादुर विसंखे सार्की(गाडू) नै लालबहादुर सार्की ( सार्की कान्छा) हो भनि पुलिसले जबर्जस्त वडा सदस्य २ जना र साविक पाँच कन्या २ का वडाध्यक्षले मिसिलमा सहि गर्न लगाई प्रमाणीकरण गरि २०८० असार १९ गते लाखबहादुर विसंखे सार्कीलाई झुम्का कारागार चलान गरेको छ ।

निर्दोष व्यक्तिलाई जबरजस्त, बिना प्रमाण लाखबहादुर विसंखे सार्की (गाडू)लाई लालबहादुर सार्की ( सार्की कान्छा) बनाई जेल चलान गर्नु नियतवश दलित माथि हिजो देखि जसले जे गरेपनि हुन्छ भन्ने दमन र अत्याचारकाे पराकाष्ठा हो । तत्काल लाख बहादुरले न्याय नपाए चरणवद्द आन्दोलन गर्ने चेतावनी पनि दिईएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved