काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई फिराैती नदिए ज्यान जाेखिममा रहने भनी धम्की दिने रमेश कुमार गुरूङलाइ केन्द्रीय अनुसन्धान व्यूराे (सिआइवी) ले पक्राउ गरेकाे छ ।
प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना बनि सकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जिवन बच्न सक्छ, तपाईको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक पटक SMS समेत गरी रु.३०करोड रकम माग गरी फिरौती लिन आएको अवस्थामा आजपक्राउ गरिएको हाे।
गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको प्रहरी उपरीक्षक संजय सिंह थापाले जनाएका छन् ।
