भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ३, झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ। जुन मृगौला प्रत्यारोपण गर्ने मुलुकै ठुलो अस्पताल हो । अस्पताल भक्तपुर कै दुधपाटीमा रहेको छ । त्यहाँ ठाउँ अभाव र अन्य विविध कारणले अस्पताल विगत केही वर्ष यता देखि स्थानान्तर हुने तयारी गरिहरको छ ।
सो अस्पताल साविक झौखेल गाविसको वडा नं. ३ को कित्ता नं.१ मा रहेको ६ रोपनी १ आना २ पैसाको क्षेत्रफल भएको जग्गा र सोही ठाउँमा रहेको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफल ओगटेको ठाउँमा बन्ने वडा अध्यक्ष श्याम सुन्दर धिमालले जानकारी दिएका छन् । चाँगुनारायणकै दुवाकोटमा वीर अस्पताल समेत निर्माण हुनेको लागि नेपाल सरकारले बजेट छुटाई सकेको छ । दुई अस्पताल निर्माण हुनु भनेको चाँगुनारायण मात्र नभएर भक्तपुर जिल्लाकै गौरव हुने स्थानीयहरुको भनाई छ ।
अस्पताललाई ३० वर्षको लागि लिजमा जग्गा दिने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) बाट जेठ १३ गते निर्णय भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । अस्पताल बन्ने स्थानको निर्वतमान सांसद तथा नेकपा एमालेका नेता महेश बस्नेत, नगरप्रमुख मिश्रलगायतको टोली अवलोकन गरको छ । भुमी सुधार बाट हिजो निर्णयसंगै आज निर्वतमान सांसद बस्नेतले स्थलगत निरिक्षण गरि तत्काल काम सुरु गर्न निर्देशन समेत दिएका छन् ।
