काठमाडौं । मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साेलुखुम्बुबा६ का७माडाैका लािग उडेकाे केही क्षा्णमा सम्पर्क विहीन भएकाे हेलीकाेप्टर लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटीएकाे हाे ।
अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन् । उनीहरुले दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको बताएका छन् । हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको घटनास्थल पुगेका स्थानीय जीवन विकले जानकारी दिए । अन्यकाे पनि खाेजी जारी रहेकेा उनकाे भनाइ छ । उनले भने,’दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन । खोजि गरिरहेका छौं।’
हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन् । ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । उनीहरू सबै म्याक्सिकन नागरिक हुन्।
सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।
