काठमाडौं। काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि लागु हुनेगरि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ ।
काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।
पहिलो चरणमा बानेश्वर क्षेत्रबाटै उक्त काम सुरु हुने र क्रमिक रूपमा महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि आज मंगलबारदेखि नै प्रचासप्रसार सुरु गरिंदै छ । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान भने तोकिने भएको छ ।
