Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हेटाैँडा बनाउन म सक्किनु पर्छ भने आइ एम रेडि : नगर प्रमुख लामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2023
45 shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तार कार्य कुनै पनि बाहानामा रोक्न नहुने बताएकी छिन् ।

साँघुरो सडकका कारण ट्राफिक व्यवस्थापनको समस्या मात्रै नभई दिनहुँ सवारी दूर्घटनामा निर्दोष व्यक्तिहरुले ज्यान गुमाइरहेको भन्दै लामाले बजार क्षेत्रको सडकको दायाँबायाँ २५/२५ गज विस्तार गर्ने कार्यलाई अब कसैले पनि अवरोध पुर्याउन नहुने बताइन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै मेयर लामाले नगरसभाबाटै सडक विस्तार कार्यलाई सहयोग गरेर जाने निर्णय भएको बताइन् ।

सर्वोच्च अदालतले समेत सडक विस्तारको पक्षमा फैसला गरेको स्मरण गर्दै मेयर लामाले सर्वोच्चको आदेश अवहेलना गर्न नहुने बताइन् ।

‘सडक साँघुरो छ, दुर्घटना बढिरहेको छ । ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ । मेयर सुतेर बस्यो भन्छन्, उपमेयर चिसो खान गयो भन्छन्, फेसबुकमा लेख्छन् । हामीले गरेका हजारौँ राम्रा कामलाई यसैले छायाँमा पारिरहेको छ । सडक विस्तार गर्ने कार्यमा सर्वोच्च अदालतले पनि आदेश गरेको छ । भोलि सर्वोच्चको आदेश कार्यान्वयन नगर्दा सडक डिभिजनका प्रमुखलाई आदेशको अवहेलना गरेको भन्दै मुद्धा हाल्ने तयारी पनि भइरहेको छ भन्ने सुनेको छु ।’ उनले भनिन् ।

उनले अघि भनिन्, ‘बाइपासले हुन्छ भने किन अघि बढ्ने भनेर हामी बसेका थियौँ । हामी प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री र न्यायालयसम्म यसबारे बुझ्न गएकै हो । तर, नियमानुसार नै विस्तार हुन्छ भन्ने आएपछि अब हामी भ्रममा बस्नु मुर्खता हुन्छ । स्थानीय सरकार सडक विस्तार कार्यमा सहयोग गर्न तयार छ ।’

उनले सडक विस्तारमा सघाउने नगरसभाबाट निर्णय भएपर्छि धम्की आएको बताउँदै अब, आफु सक्किएरै भएपनि सडक विस्तारमा सघाउने बताइन् ।

‘ल कसैले बजार क्षेत्रबाट सडक विस्तार हुँदैन भनेर ल्याउँनुस् । म स्वागत गर्न तयार छु । तर, यो या त्यो भन्दै धम्की आइरहेको छ । अब सक्किए सक्किन्छु । हेटौंडा बजार बन्छ भने मिना लामा र राजेश बानियाँ सक्किन तयार छौँ । आइएम रेडि । तर, अब सडक विस्तार भएरै छाड्छ ।’ उनले भनिन् ।

उनले लामो समय कोरोना महामारी, अहिलेको आर्थिक मन्दीका कारण व्यवसायीहरु मर्कामा परिरहेको भन्दै व्यवसायीलाई पनि बजार व्यवस्थापनमा सहयोग गर्न उपमहानगर तयार रहेको बताइन् ।

केही समयअघि मात्रै तयारी व्यवसायीलाई व्यवस्थित गरेको बताउँदै मेयर लामाले सडक विस्तारका कारण प्रभावित हुने व्यवसायीलाई उपमहानगरले एउटा मापदण्ड बनाएर अझै व्यवस्थित बनाउने बताइन् ।

‘हामी व्यवसायीलाई मर्कामा पारेरै सडक विस्तार कार्य लाद्ने पक्षमा छैनौँ । म हेटौंडाको अभिभावक हुँ । स्थानीय सरकार र हाम्रो संविधान त्यती कमजोर छ ?, हामी व्यवस्थापन गर्न सक्दैनौँ ? अवश्य पनि सक्छौँ । गर्छौँ पनि, जसरी तरकारी बजार व्यवस्थापन गर्यौँ । हामी एउटा मापदण्ड बनाएर व्यवसायीलाई व्यवस्थित गर्छौँ । त्यो हाम्रो उत्तरदायित्व हो ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved