जेठ १९,काठमाडौं। उपत्यकाका तीनवटा जिल्लाका सिडिओहरुले अनौठो निर्णय गरेर जनतालाई निर्देशन दिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सहभागी बैठकले एकले अर्कामा बाझ्ने निर्णय गरेका छन् ।
बिहिबारदेखि सकिन लागेको निषेधाज्ञाको समयावधि सकिन लाग्दा अरु थप्न बुधबार बसेको उनीहरुको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि ३१ गतेसम्म उपत्यकामा सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ भने तिनै सवारी साधानहरु मर्मत गर्ने वर्कशप भने खोल्न पाउने आदेश जारी गरेका छन् । जब कि सवारीमा पूर्ण रोक नै लगाएपछि वर्कशप खोलेर के बनाउने ?
बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका दैनिक १२ घण्टा लागि खोल्न दिने निर्णय गरेको छ । यस्तो सुनेर वर्कशप संचालकहरु रुने कि हाँस्ने ????
