काठमाडौं । नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे ‘कमल’को निधन भएको छ। अध्यक्ष पाण्डेको शुक्रबार साँझ गुल्मीको बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अध्यक्ष पाण्डेको हृदायाघातबाट निधन भएको समेत परिवारले जनाएको छ ।
पाण्डेलाई हृदयाघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । पाण्डेका श्रीमती र २ छोरा छन्।
