Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपालकाे लागि अब तीन बाटाे: काँग्रेस,माओवादी केन्द्र वा एमालेमै आत्मसमर्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2021
315 shares

काठमाडौं। पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि पूर्व प्रधानमन्त्री माधव नेपाल के गर्दैछन्? कोरोनाको दोस्रो लहर सुरुभएसँगै निषेधाज्ञा जारी भएपनि सार्वजनिक कार्यक्रममा नदेखिएका नेता नेपाल बेला बेलामा विपक्षी गठबन्धनको बैठकमा सहभागी हुने गरेका छन्।

नेपाल पक्षीय केही युवा नेता अझै पनि पार्टीलाई विभाजनबाट रोक्न सकिन्छ कि भनेर सक्रिय भइरहेका बेला नेता नेपाल भने नयाँ पार्टी गठनकोको तयारीमा लागेका छन्। उनी यतिबेला केन्द्रीय कमिटी निर्माण र नयाँ पार्टीको संचरना, नीति, सिद्धान्त र सांगठनिक स्वरुप तयार पार्न सक्रिय रहेको नेता नेपाल निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता भन्दा पनि आफूहरुलाई अलमल्याएर सत्तामा टिकिरहने वहाना गरेको निश्कर्ष निकालेका नेता नेपाल अब केपी ओलीलाई नेता मानेर पार्टी एकता गर्न नसकिने निश्कर्षमा पुगेको उनी निकट स्रोतले जनाएको छ।

झलनाथ खनाललाई वरिष्ठ नेताको उपाधि दिने र अहिले तटस्थ रहेका बामदेव गौतमलाई आफूसँग ल्याउन दुई अध्यक्षका व्यवस्था गर्ने गरी पार्टीको सांगठनिक स्वरुप तयार पारेका छन्। महाधिवेशन नभएसम्म दुई जना अध्यक्ष बनाएर बामदेवलाई पनि व्यावस्थापन गर्ने गरी तयारी भइरहेको छ।

‘अब नयाँ पार्टी गठन गर्ने विषयमा कुनै शंका रहेन,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘त्यसैले उहाँ अब केन्द्रीय कमिटी निर्माण र नयाँ पार्टीको नीति, सिद्धान्त र सांगठनिक स्वरुप तयार पार्ने काममा सक्रिय हुनुहुन्छ।’

पछिल्लो समय ओली पक्षीय र नेपाल समूहका युवा नेता पार्टी एकतालाई कायम राख्न भन्दै घनिभूत छलफलमा छन्। उनीहरु पार्टीलाई पुरानै अवस्थामा (जेठ २, २०७५) कै अवस्थामा फर्काएर भएपनि एकतालाई जोखाउनु पर्ने भन्दै सक्रिय भइरहेका बेला नेता नेपालले भने पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर मात्रै पनि समस्याको समाधान हुने भन्दै नयाँ पार्टी गठन गर्ने गरी अगाडि बढिरहेका छन्।

‘अहिले हाम्रो केपी ओलीसँग राजनीतिक वा वैचारिक भिन्नता छैन,’ नेपाल निकट स्रोतले भन्यो, ‘उहाँ सिस्टम कोल्याप्स गर्ने तिर लाग्नु भएको छ। हामी सिस्टमलाई बचाउनुपर्छ भन्नेमा छौं।’

पछिल्लो समय अध्यक्ष ओली जेठ २, २०७५ को अवस्थामा फर्किन तयार रहेको सूचना आफूहरुलाई आएको तर अब समय धेरै अगाडि बढिसकेकाले त्यसैलाई मात्रै आधार मानेर सहमति नगर्ने अडानमा नेपाल पुगेको ती नेताले जानकारी दिए।

‘ओलीले पुरानै अवस्थामा फर्किन तयार हुनु भनेको गल्ती स्वीकार गर्नुपनि हो,’ ती नेताले भने, ‘तर अब समय धेरै अगाडि बढिसकेको छ। ओलीसँग वैचारिक र सैद्धान्तिक लडाइँ नभएपनि उहाँलाई नेता मानेर एउटै पार्टीमा बस्ने अवस्था छैन। त्यसैले अब चाँडै पार्टी गठन गरेर अगाडि बढ्ने तय भएको छ।’

नेता नेपालले आफूलाई साथ दिँदै आएका नेता झलनाथ खनाललाई वरिष्ठ नेताको उपाधि दिने र अहिले तटस्थ रहेका बामदेव गौतमलाई आफूसँग ल्याउन दुई अध्यक्षका व्यवस्था गर्ने गरी पार्टीको सांगठनिक स्वरुप तयार पारेका छन्। महाधिवेशन नभएसम्म दुई जना अध्यक्ष बनाएर बामदेवलाई पनि व्यावस्थापन गर्ने गरी तयारी भइरहेको जनाएको छ।

अहिले पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल चलिरहेको छ। समाजवादी आन्दोलन र दृष्टिकोणलाई समेटर कम्युनिष्ट र समाजवाद शब्दलाई जोड्ने गरी पार्टीको नाम राख्ने तयारी भएको जनाएको छ।

skynepalnews.com

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved