भक्तपुरकाे भक्तपुर नगरपालिका २, व्यासीस्थित खस्राङखुसुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा बुधवार एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
एकिन नामथर नखुलेको अन्दाजी ३५/४० बर्षको पुरुष व्यक्ति उत्तानो अबस्थामा मृत फेला परेको हो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक लोकबहादुर जिसीको टोलीले अनुसन्धान शुरु गरेको परिसर प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताए।