काठमाण्डौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको धितुङमा ट्याक्टर पल्टीदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर आज बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी २० वर्षका रोशन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लैकुखोला नजिकको घुम्तीमा ट्याक्टर पल्टिँदा राउतको घट्नास्थलमै मृत्यु भएको वडा नं.८धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिनु भएको छ ।
वडा कार्यालय धितुङको निर्माणाधिन भवनका लागि बालुवा लिन जानेक्रममा कच्ची सडकको साँघुरो घुम्तीमा ट्याक्टरको अगाडिको भाग पल्टिएको र सोही भागले किच्दा चालकको मृत्यु भएको जनाइएको छ ।
