यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १४ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया बस्ने ३४ वर्षीय हनुमान विंद र उनकै श्रीमती ३५ वर्षीया सर्मिला मण्डल रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको
प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार बिहान पक्राउ गरेको हो ।
साथै मकवानपुरकै हेटौंडा उपमहानगरपालिका–८ कमानेबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २५ ग्राम, तौल गर्ने मेसिन १ थान, नगद ५ हजार रुपैयाँ र मोबाइल ५ थानसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका–१० निउरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
