काठमाण्डौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्ष सी.बी. गहतराजले डा. रेभ. साइमन पिटरलाइ महासंघको सल्लाहकारमा मनोनयन गरी मनोनयन पत्र साथै प्रमाण पत्र हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रम केन्द्रिय समिति तथा केन्द्रिय बिशेष कार्यकारी समितिको उपस्थितीमा निजकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम महासंघका महासचिव अधिबक्ता मान बहादुर खत्रीले संचालन गर्नुभएको थियो । शुरुको प्रार्थना सहअध्यक्ष देवमाया तामाङले गर्नुभएको थियो । भने सो कार्यक्रममा स्तुती प्रशंसाको नेतृत्व उपमहासचिव अनिल राइले गर्नुभएको थियो । डा. रेभ. साइमन पिटर लगायत महासंघको पदाधिकारीहरुको आसन ग्रहण गराउँदै कार्यक्रम अघि बढाइएको थियो ।
सल्लाहकार मनोनयन गर्नुपर्ने औचित्य र महत्वको बारेमा महासंघका उपाध्यक्षहरु क्रमशः पा. कुमार गुरुङ, तुलसी प्रसाद श्रेष्ठ र सुजना बस्नेतद्धारा आवश्यकता औचित्यको सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
सल्लाहकार डा.रेभ. साइमन पिटरले ख्रीष्टियन समुदायको हक, हित अधिकारको लागि “केही गर्छौ र केही बोल्छौ भन्ने” अन्य संस्थाहरुको तुलनामा यस राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल मात्र एक रहेको बताउँदै महासंघले राज्यका सबै तहहरुमा आफ्नो परिचय स्थापित गरिसकेको यो परिपेक्षममा टुटेर र फुटेर भन्दा पनि आपसमा सबै मिलेर राज्यसँग समुदायको हितका लागि पहल गर्दै अघि बढ्नु पर्ने डा. साइमन पिटरले बताउनु भयो ।
कार्यक्रममा डा. पिटरले हामी ख्रीष्टियनहरु नमिल्दा राज्यले हरेक शिर्षकमा बिभेद गरेको बताए । अबका दिनमा महासंघले तथ्यांक संकलन तथा प्रकाशनको झुट्टा तथ्यांकको बिरोध गर्दै पुन ः समुदायको तथ्यांक संकलन गरी सही सत्य कुरा ल्याउन सबैले कोसिस गर्नुपर्ने र नेपाल सरकारसँग माग गर्दै विश्व समुदाय समक्ष समुदाय प्रति बिभेद गरीएको झुट्टो तथ्यांकलाइ पुनः सच्याउन ध्यानाकर्षण गर्ने समेत बताए ।
यस तथ्यांकले नेपाली ख्रीष्टियन समुदायलाई अन्याय गरेको बताए । जनगणना तथ्यांकमा सोध्दै नसोधी सबै ख्रीष्टियनहरुलाई हिन्दु बनाएकोले गम्भीर षड्यन्त्र भएको बताए । सल्लाहकारको रुपमा मनोनित डा. पिटरले विश्वमा रहेका नेपाली भाषी ख्रीष्टियनहरुको हक हितका लागि सल्लाहकारमा रहेर परमेश्वर तथा विश्वासीजनहरुको सेवकको रुपमा रहेर सेवा गर्ने अवसर दिएकोमा महासंघ तथा महासंघ परिवार प्रति धन्यवाद दिदैं आभार प्रकट गर्नुभयो ।
विश्वभर छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरुको हक हित र संरक्षणका लागि अभिभावक रहेको एक साझा संस्था महासंघले डा.रेभ. साइमन पिटरलाई सल्लाहकार मनोनयन गरी बधाई तथा कार्यकाल सफलताको लागी शुभकामना दिएका थिए । उक्त कार्यक्रममा टुटफुट ल्याइ कमजोर बनाउनेहरु प्रति ब्यङ्ग्य गर्दै महासंघको उदेश्य र भावनामा मनै नमिल्नेहरु ख्रीष्टियनहरु नै नभएको तथा तथाकथितहरुलाइ बोकेर हिड्नु भनेको झन्झट र बिना अर्थको समय खेर फाल्नु हो भन्दै त्यस्ताहरुको लेखा जोखा परमेश्वरले लिने छन् भन्दै आफु माथि आरोप लगाई षड्यन्त्र गर्नेहरु परमेश्वरको डर भय त्रास नभएका ब्यक्तिहरुसँग समय खेर फाल्नु कुनै अर्थ नभएको, आआफ्नो लेखा परमेश्वरलाइ बुझाउनु पर्ने भएकोले तथाकथित बुज्रुक भन्नेहरुलाइ सुध्रिन समेत आग्रह गरे ।
उक्त कार्यक्रममा सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्षले धन्यवाद दिदै कार्यक्रमको समापनको अन्त्यको प्रार्थना गरी सहअध्यक्ष पा. ख्रीष्टभक्त महजर्नले अन्त्य गरेका थिए ।
