Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६२ वर्षपछि रंगियो चाँगुनारायण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2023
2K

 

भक्तपुर। विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । चाँगुनारायण मन्दिर विकास समितिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर (पुरातत्व विभाग) को अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रंगरोगन थालेको हो ।

मन्दिरमा रंगरोगनको काम अन्तिम चरणमा पुगेको र जेठ मसान्तभित्र सम्पन्न हुने समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।

राजोपाध्यायकाअनुसार २०१८ सालमा राजा महेन्द्रको पालामा चाँगुनारायण मन्दिरको रंगरोगन गरिएको थियो । ‘त्यो बेला (२०१८ साल) मा लगाइएको रंग अझै छ तर पटक–पटकको मन्दिर मर्मत तथा जीर्णोद्धार, परेवाले गर्ने फोहोर, घामपानीका कारण मेटिँदै गएको छ,’ उनले भने, ‘प्राकृतिक रंगको प्रयोग गरेका छौं, कुनै रासायनिक इनामेल लगाएको छैन ।

’ पशुपतिनाथ, स्वयम्भू, जय बागेश्वरी लगायत मन्दिरहरुमा रंग भरेका कलाकार राजेन्द्र चित्रकारको नेतृत्वमा प्राकृतिक रंग लगाएको समितिले जनाएको छ ।

मन्दिर रंगरोगनका लागि समितिले ४४ लाख रुपैयाँ खर्चको लागत अनुमान गरेको छ । हालसम्म भक्तजनको सहयोगमा रंगरोगनको काम भइरहेको छ । रंगरोगनका लागि भक्तजनबाट करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको मूल पुजारी राजोपाध्यायले जानकारी दिए ।

‘गत आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले चाँगुनारायण मन्दिरको रंगरोगनका लागि २५ लाख रुपैयाँ विनियोजन भएको थियो, ८ दिनभित्र काम सक्ने निर्देशनसहित बजेट निकासा हुने भएपछि समितिले अस्वीकार गर्‍यो,’ उनले भने, ‘उक्त बजेट फिर्ता गयो र चालु आर्थिक वर्ष ०७९/८० मा वाग्मती प्रदेश सरकारबाट १० लाख ८५ हजार ३२० रुपैयाँ मन्दिर रंगरोगनको लागि प्राप्त भएको छ ।’

राजोपाध्यायका अनुसार मन्दिर रंगरोगनका लागि भक्तजनमार्फत करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चाँगुनारायण नगरपालिकाले मन्दिर रंगरोगनका लागि बजेट छुट्याएको बताए पनि हालसम्म प्राप्त नभएको समितिले जनाएको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुर र चाँगुनारायण नगरपालिकाको प्रतिनिधिको रोहबरमा रंगरोगन भइरहेको समेत जनाएको छ ।

‘नयाँ रंगरोगन भएपछि ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको काष्ठकलाको सुरक्षित हुनेछ,’ मन्दिरका मूल पुजारी राजोपाध्यायले भने । रंगरोगनका लागि चाँगुनारायण नगरपालिकाले बजेट निकासा गर्ने निर्णय गरे पनि उपलब्ध नभएपछि समितिले भक्तजनलाई सहयोगको आह्वान गरेको र सहयोगी हातहरु जुटिरहेको जनाएको छ ।

मन्दिरको चारैतिर विभिन्न देवीदेवताका कलात्मक काष्ठकलाका मूर्तिहरु छन् । मन्दिरमा काठ, इँटा र प्रस्तर (ढुंगा) र धातुको प्रयोग गरी बनाइएको छ ।

मौलिक प्यागोडा शैलीमा निर्मित चाँगुनारायण मन्दिर मध्यकालमा राजाशिव सिंहकी रानी गंगारानी र १८ औं शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णोद्धार भएको थियो ।

त्यस्तै, २०६६ सालमा गाहरो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भइ जीर्णोद्धार भइसकेको छ । भूकम्पको कारण क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माणको काम भइरहेको छ ।

चाँगुनारायण मन्दिरको लिच्छविकालीन राजा हरिदत्त वर्माले इशापूर्व ३२३ माबनाएको प्राचीन पुरातात्विक शिलास्तम्भ सहितको प्यागोडा शैलीको मन्दिर हो । उपत्यकाकै प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिने चाँगुनारायण मन्दिरलाई सन् १९६९ मायुनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने विदेशी पर्यटक प्रवेश शुल्क बापत नगरपालिकाले वार्षिक करिब साढे तीन करोड रुपैयाँ असुल्दै आएको छ भने मन्दिर संरक्षणको लागि भने खासै चासो देखाएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved