Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाँगुनारायण मन्दिर , नामाकरण र इतिहास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 14, 2023
105 shares

भक्तपुर। भक्तपुरकाे चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा न ४ मा अवस्थित छ।

भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा र राजधानी काठमाडौँ देखि २० किलोमिटर टाढा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो ।

उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।

नामाकरण र इतिहास
चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो। चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो।

मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा ‘चाँप’लाई ‘च’ र ‘वन’लाई ‘गुँ’ भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो। सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ।चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए।

सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ। राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए।

वास्तुकला
यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुदैँ आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो ।पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।यो मन्दिर चातुष्कोण आकारको छ।

यसको पेटी एक तल्लाको मात्र छ ।मन्दिर दुई तल्लाको रहेको छ ।मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् । प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् ।

माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता(मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् । तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ ।

ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् ।ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरुकुँदिएका छन् । यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved