काठमाण्डौं । नेपालको संबिधन २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा नेकपा एमालेका नेपाल खनाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए पार्टी २०७५ जेठ २ मा फर्किन ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले भन्नुभयो नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्ने हो भने वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको बताउनु भएको नेताहरुको भनाई रहेको छ ।
सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताहरुको प्रतिबद्धता व्यक्त भएको थियो।
संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी हुनुभएको जानकारी प्राप्त भएको छ ।
