Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको एक वर्षे कार्यकालको प्रगति समीक्षा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2023
0 shares

काठमाडौं । चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिको एक वर्षे कार्यकालको प्रगति समीक्षा,आवधिक योजनाको मस्यौदा र नीति कार्यक्रम तथा बजेट निर्मणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनपछिको एक वर्षको प्रगति समिक्षा, प्रथम पञ्चवर्षीय आवधिक योजनाको मस्यौदाको प्रस्तुतीकरण,आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट निर्मणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।

नगर प्रमुख जीवन खत्रीले निर्वाचनपछको एक वर्षे कार्यकालमा चाँगुनारायणको विकास र संमृद्दिको मार्गचित्र बनाएर अघि बढेको बताए । सुखी नगरबासी र संमृद्द नगरपालिका निर्माण मुख्यत प्राथमिकता रहेको उनले बताए । आफू निर्वाचित भएपछि पहिलो काम नै मनोहरा कटान नियन्त्रणका लागि करिडोर निर्माणको सुरूवातबाट गरेको स्मरण गर्दै कटान निर्माणका लागि करिडोर निर्माण गरि यो समस्या पूर्ण रूपमा हल गर्ने बताए । चुस्त दुरूस्त सेवा प्रवाह, सुशासनमा जोड दिदै सडक, ढल, शुद्ध खानेपानी,स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र आयआर्जन बृद्धि मुख्यत प्राथमिकता राखेर अघि बढेको बताए ।

नगरपालिकाले एक वर्षको अवधिमा ५ वटा ऐन र १० वटा कार्यविधि निर्माण गरि कार्यन्वयनमा ल्याएको मेयर खत्रीले बताए । एक वर्षको अवधिमा ५/८ किलोमिटर सडक कालोपत्रे, ५।६ किलोमिटर सडक स्तरोन्नति र ५ वटा कल्भट निर्माण गरिएको उनले बताए । खानेपानी सहजताका लागि तीन स्थानमा डिप बोरिङ र तीनलाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको पनि मेयर खत्रीले जानकारी दिए ।

नगरबासीका लागि स्वास्थ्य बिमा, कृषकको प्रोत्साहनका लागि पशु विमाको व्यवस्था मिलाएको,शिक्षामा गुणस्तरीय शिक्षाका लागि शिक्षण सहयाता कार्यक्रमको सुरूवात गरिएको, विधालय खाजा खर्च वृद्ध र नगरबासीलाई निस्शुल्क रगतको ब्यवस्था गरिएको मेयर खत्रीले बताए । सामुदायिक र संस्थागत विधालयका छात्राहरूलाई नि:शुल्क सेनिटरी प्याड वितरणा गरिएको नगर प्रमुख खत्रीले  जानकारी दिए ।

आगामी वर्ष आझ उत्कृष्ट कार्यक्रम ल्याउने समेतउनले बताए । समुदायिक नगरको दिगो विकासका लागि ५ वर्षे प्रथम आवधिक योजना निर्माण भइसकेको र मध्यकालीन खर्च संरचना तयारी भइरहेको उनले जानकारी दिए । यी उपलब्धि जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासबाट संभव भएको नगर प्रमुख खत्रीले बताए ।

नगर उपप्रमुख रमेश बुढाथोकीले एक वर्षको अवधिमा दवावविहिन ढंगले न्याय सम्पादन र प्रभावकारी अनुगमन गरेको बताए । मपदण्ड अनुरूप योजना सम्पन्न गराउन र गुणस्तरीय काम गराउन नगरपालिकाले प्रभावकारी भूमिका खेलेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले कार्यक्रमका औचित्यमाथि प्रकाश पार्दै पालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । सामाजिक विकास शाखा प्रमुख निला घिमिरेले एक वर्षको सम्पादित कार्यप्रगति प्रस्तुत गरेका थिइन । हिक्मत सिंह लेकालीले प्रथम पञ्चवर्षीय आवधिक योजनाको मस्यौदाको प्रस्तुतीकरण गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved